डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बिच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गर्यो । अनावरण कार्यक्रम जीवन पराजुली, अध्यक्ष, FNCCI - इटहरी, दीपेन्द्र चौधरी, प्रबन्ध निर्देशक (MD), सिर्जना मोटर्स, सरोज श्रेष्ठ, अध्यक्ष, पूर्वेली यातायात, प्रसन्न पन्त, प्रमुख कार्यकारी अधिकृत, एम. ए. डब्ल्यु वृद्धि मोटर्स, राजेन्द्र सिग्देल, सेल्स प्रमुख, एम. ए. डब्ल्यु वृद्धि मोटर्स, एम. ए. डब्ल्यु वृद्धिका डिलर प्रमुख गोविन्द भुसालले संयुक्त रूपमा सम्पन्न गरे। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
इलेक्ट्रिक एसयुभीको नयाँ मानक
डोंगफेंगको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ। यसका Magic Cube Design ले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।
प्रदर्शन र दायरा
नामी भिगोमा रहेको 99 kW मोटरले सहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुई वटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।
सेग्मेन्ट-फर्स्ट फिचरहरू
• Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
• बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker
• सङ्गीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting
• व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सिटहरू
• 3C फास्ट चार्जिंग सिस्टम - झन्झटरहित फास्ट चार्जिङ
श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा
नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।
भित्री भागमा १२.८ इन्च टच स्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सिटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।
सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअर ब्यागहरूको संयोजन गरिएको छ ।
मूल्य र उपलब्धता
नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ भने E2+ भेरिअन्ट रु. ४१,९९,००० मा उपलब्ध छ।
विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो E2 रु. ३७,९९,००० मा र E2+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ।
एमएडब्लू वृद्धि मोटर्सका सिइओ प्रसन्न पन्त भन्नुहुन्छ, “नामी 01 का एक हजार भन्दा बढी सन्तुष्ट मालिकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ, पावर, लक्जरी र बुद्धिमत्ता, आधुनिक नेपाली जीवनशैलीका लागि।”
इटहरी क्षेत्रका लागि सृजना मोटर्स अधिकृत नामी डिलर हुनेछ।
“बोल्ड एण्ड बिल्ट फर यु एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।
