ग्लोबल आइएमई बैङ्क लिमिटेडका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् ।
यस सम्बन्धी समझदारीमा बैङ्कका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरि गजुर्यालले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार ग्लोबल आइएमई बैङ्कका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैङ्कको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले अन्नपूर्ण न्युरो अस्पतालको सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन् ।
अन्नपूर्ण न्युरो अस्पतालले उपलब्ध गराउने सेवाहरू हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरूमा ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले छुट पाउनेछन् ।
नशा रोगसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको अन्नपूर्ण न्युरो अस्पतालले अन्य विशेषज्ञ सेवाहरू समेत उपलब्ध गराउँदै आएको छ ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो ।
साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
