झापा इनर्जी लिमिटेडको साधारण शेयर आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुने भएको छ। कम्पनीको आइपिओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएपछि, सूचीकृत शेयर दोस्रो दिनबाट कारोबारमा आउने नियम अनुसार शुक्रवार सूचीकृत भइसके पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार देखि कारोबार खुल्ने भएको हो।
नेप्सेमा झापा इनर्जीकाे कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर सूचीकृत भएको छ, जसमा सर्वसाधारणका नाममा ९ लाख ५० हजार ४७५ कित्ता (२५ प्रतिशत) र संस्थापक समूहका नाममा २८ लाख ५१ हजार ४२५ कित्ता (७५ प्रतिशत) शेयर रहेको छ। नेप्सेले कम्पनीलाई ‘झापा’ कारोबार सङ्केत (ट्रेड सिम्बल) प्रदान गरेको छ।
पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १००.१२ रुपैयाँदेखि अधिकतम ३००.३६ रुपैयाँसम्मको मूल्य दायरा तोकेको छ। आइतबार विशेष प्रि–ओपन सत्रमा यस दायराभित्र कारोबार भएमा कम्पनीको शेयर नियमित सत्रमा समेत कारोबारयोग्य हुनेछ।
झापा इनर्जीले सर्वसाधारणका लागि भदौ २० देखि ३० गतेसम्म आइपिओ बिक्री खुला गरेको थियो। आइपिओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलमा असोज ८ गते सम्पन्न भएको थियो।
आइतबार देखि झापा इनर्जीको शेयर कारोबार सुरु, ओपनिङ रेन्ज सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
