
नेपाली बजारमा सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम निरन्तरता पाएको छ। आज बुधवार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन मङ्गलवार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ४०० रुपैयाँ थियो।
त्यसै गरी आज चाँदीको मूल्य पनि ३१५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला ५ हजार ६५५रुपैयाँमा कारोबार भइरहेको छ, जुन मूल्य पनि हालसम्मकै उच्च रहेको महासङ्घले जनाएको छ।
सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलामा २ लाख ७८ हजार पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
