लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ, आचार्य बालकृष्ण

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताउनुभएको छ ।

पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग कुरा गर्दै उहाँले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताउनुभयो ।

‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विना पासपोर्ट,विना अनुमति नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्,’ उहाँले भन्नुभयो, ‘दुई देशबिच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटी बेटीका सम्बन्धले पनि सहज छ ।’

नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उहाँले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिनुभयो ।

उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो ।

‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाचल प्रदेश जानुपर्ने अवस्था छ, त्यहाँ पुग्नभन्दा बुटवल आउन धेरै नजिक छ,’ उहाँले भन्नुभयो ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाउनुभयो ।

भारतको पतञ्जलि योग पीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबिच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उहाँको भनाइ छ ।

नेपाल र भारतबिचको सांस्कृतिक विरासत साझा र अक्षुण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उहाँले बताउनुभयो ।

रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने उहाँले बताउनुभयो ।

४० वर्षपछि पहिलो पटक गृह जिल्ला स्याङ्जामा दशैं पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुसी लागेको आचार्य बालकृष्णले बताउनुभयो ।

सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतको उत्तर प्रदेशको २४ करोड जनसङ्ख्यालाई लक्षित गरेर पाँचतारे होटेल सहित केबलकारमा ५ अर्ब लगानी हुने बताउनुभयो ।

सञ्चालनको ५ महिनामै वसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताउनुभयो । केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क बापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको उहाँले बताउनुभयो ।

आयुर्वेद शिरोमणि बालकृष्णसँगै उहाँका नेपाल र भारतका करिब दुई सय जना अनुयायीहरू र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x