कात्तिक अन्त्यसम्म वाणिज्य बैंकहरुले कमाए साढे २३ अर्ब नाफा, अर्ब अधिक नाफा गर्न १० बैंक सफल | Commercial Banks of Nepal

Commercial Banks of Nepal

commercial banks of nepal
ज्ञानमाण्डू। चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले २३ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिक महिनासम्म २७ वटा वाणिज्य बैङ्कहरूले २३ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात् असोजमा जम्मा २७ वटा वाणिज्य बैङ्कहरूले १८ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका थिए। असोजको तुलनामा कात्तिकमा नाफा ५ अर्ब ३५ करोड रुपैयाँ अर्थात् २९.५८ प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ।

गत आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले कुल १८ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका थिए। समीक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको कात्तिक महिनाको अन्त्यसम्ममा उक्त बैङ्कहरूको नाफा २६.१५ प्रतिशतले बढेको देखिन्छ । त्यस्तै, कात्तिक महिनामा सञ्चालनमा रहेका सम्पूर्ण बैङ्कले नाफा कमाउँदा, नाफा कमाएका २७ वाणिज्य बैङ्कले औसतमा ८६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

  • कात्तिक अन्त्यसम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन एनआईसी एशिया बैङ्क अगाडि, कुन बैङ्कको नाफा कति ?

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा जम्मा २७ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउने वाणिज्य बैङ्क एनआईसी एशिया बैङ्क लिमिटेड भएको छ । एनआईसी एशिया बैङ्कले यस आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा १ अर्ब ५९ करोड नाफा कमाएको देखिन्छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको असोज महिनाको तुलनामा ३५.५१ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले १ अर्ब १८ करोड मुनाफा आर्जन गरेको तथ्याङ्कले जनाएको छ।

यसै गरी सर्वाधिक नाफा आर्जन गर्ने सफल अर्को वाणिज्य बैङ्क नबिल र ग्लोबल आइएमई रहेको छ। दुवै बैङ्कले चालु आर्थिक वर्षको कात्तिकसम्ममा १ अर्ब ५५ करोड अधिक नाफा कमाउन सफल भएका छन् ।

समीक्षा अवधिमा झन्डै डेढ अर्ब हाराहारी नाफा आर्जन गर्ने अर्को वाणिज्य बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड रहेको छ। सरकारी स्वामित्व रहेको उक्त बैङ्कले चालु आर्थिक वर्षको कात्तिकसम्म आइपुग्दा १ अर्ब ४८ करोड नाफा गरेको देखिन्छ। यस अवधिमा १ अर्ब वा सो भन्दा बढी नाफा कमाउने कुल १० वाणिज्य बैङ्कहरू रहेका छन्। प्राइम कमर्सियल बैङ्कले सोही अवधिमा १ अर्ब २५ करोड नाफा गर्दा एनएमबि बैङ्कले १ अर्ब १८ करोड, सिद्धार्थ बैङ्कले १ अर्ब १५ करोड, नेपाल इन्भेष्टमेन्ट बैङ्कले १ अर्ब १३ करोड, मेगा बैङ्कले १ अर्ब १२ करोड र प्रभु बैङ्कले १ अर्ब ५ करोड मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ।


झन्डै अर्ब नाफा गरेको नेपाल बैङ्कले यस अवधिमा ९१ करोड र सिटिजन्स बैङ्कले ८६ करोड अधिक नाफा कमाएका छन्। केन्द्रीय बैङ्कबाट उपलब्ध तथ्याङ्कलाई आधार मान्दा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नाफा कमाएका अधिकांश वाणिज्य बैङ्क मध्ये उल्लेखित १२ यस्ता बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको देखिन्छ भने सोही वर्गका बाँकी अन्य संस्थाले समीक्षा अवधिमा औसत भन्दा कम नाफा कमाएको देखिन्छ।

यस आर्थिक वर्षको कात्तिक मसान्तसम्म एभरेष्ट बैङ्कले ७४ करोड कमाउँदा माछापुच्छ्रे र सानिमा बैङ्क दुवैले ७२ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ७० करोड, कृषि विकास बैङ्कले ६९ करोड, लक्ष्मी बैङ्कले ६५ करोड, नेपाल क्रेडिट एण्ड कमर्स र कुमारी बैङ्क दुवैले ६१ करोड, सुन्राइज र नेपाल बङ्गलादेश बैङ्क दुवैले ५३ करोड, नेपाल एसबिआई बैङ्कले ५१ करोड, हिमालयन बैङ्कले ४८ करोड, बैङ्क अफ काठमाडौँले ३७ करोड, सिभिल बैङ्कले ३२ करोड र सेञ्चुरि कमर्सियल बैङ्कले ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा सर्वाधिक कम नाफा गर्ने वाणिज्य बैङ्क सेञ्चुरि कमर्सियल बैङ्क लिमिटेड भएको छ। उक्त बैङ्कले यस अवधिमा ३१ करोड ४३ लाख नाफा गरेको छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको असोज महिनाको तुलनामा १५.३३ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले २७ करोड २५ लाख मुनाफा आर्जन गरेको तथ्याङ्कले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x