विद्युत् निर्यातबाट नेपाललाई १५ अर्बको आम्दानी

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ। देशभित्रको माग पूरा गरेपछि बाँकी विद्युत् भारत र बङ्गलादेशमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हाल दैनिक औसत एक हजार मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतको प्रसारण प्रणालीमार्फत बङ्गलादेशसम्म पनि दैनिक ४० मेगावाट विद्युत् पठाइँदै आएको छ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरे पनि बङ्गलादेशलाई निर्यात अमेरिकी डलरमा भइरहेको प्राधिकरणले स्पष्ट पारेको छ। यसबाट नेपाल सरकारलाई दुई वटै विदेशी मुद्राबाट आम्दानी हुने क्रम निरन्तर जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x