
स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले ओरालो लागेको हो।
मङ्गलवार प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बुधवार घटेर २ लाख ६७ हजार ७०० रुपैयाँमा झरेको छ।
यता, चाँदीको मूल्य भने बढेको छ। बुधवार चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको छ। मङ्गलवार चाँदीको मूल्य प्रतितोला ४ हजार ८८० रुपैयाँ थियो।
सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
