
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४०८ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्य कोषमा ४ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४० जना, नियम विपरीत राइड सेयरिङ गर्ने ११६ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३८ जना तथा तीव्र गतिमा सवारी चलाउने २८४ जनामाथि कारबाही गरिएको छ।
यस्तै, लेन अनुशासन पालना नगर्ने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२४ जना तथा एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने ११६ जना चालक पनि ट्राफिक निगरानीमा परेका छन्।
यसका अतिरिक्त विभिन्न प्रकारका अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३३५ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
