सूर्योदय लघुवित्तको नाफमा १४८.७४ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १४८.७४ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२४ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सूर्योदय लघुवित्तले १ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै सूर्योदय लघुवित्तले २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १८ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

सूर्योदय लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४५.३१ प्रतिशतले बढेर २९ करोड १७ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.३२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा छ र मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x