धितोपत्र बजारमा गिरावट, नेप्से २५०८.९१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २५०८ दशमलव ९१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ८५ अंकले घटेर ४७४ दशमलव १३ को विन्दुमा पुगेको छ ।

आज कूल २३१ कम्पनीका ८३ लाख ३० हजार ०९३ कित्ता शेयर रु ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये ट्रेडिङ उपसमूह २१.५३ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १२ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह १३ दशमलव ५५ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ४९ दशमलव ४१ अङ्कले, विकास बैंक उपसमूह १४०.९५ अङ्कले, जलविद्युत ७४.६९ अङ्कले, वित्त उपसमूह ९०.०८ अङ्कले, निर्जीवन बीमा १६०.९८ अङ्कले, उत्पादन उपसमूह ९२.०३ अङ्कले, अन्य उपसमूह ५६.४४ अङ्कले, लघुवित्त उपसमूह ७२.५६ अङ्कले, जीवन बीमा ७३.९४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ७५ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x