सहारा विकास बैंकको ५ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

ज्ञानमाण्डू।सहारा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल अषाढ २२ गते, मंगलबारका दिन बसेको सञ्चालक समितिको १८२ औँ बैठकले गरेको निर्णय अनुसार आर्थिक बर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ५ दशमलव ३२ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ सम्मको संचित वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. २७,२२,७०,६०४ ( अक्षरेपी सताईस करोड बाईस लाख सत्तरी हजार छ सय चार) को ५ दशमलव ०५ प्रतिशतले हुन आउने रु. १,३७,४९,६६५.५० (अक्षरेपी एक करोड सैतीस लाख उनन्चास हजार छ सय पैसठ्ठी र पैसा पचास) रकम बराबरको बोनस शेयर र उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि हाल कायम चुक्ता पुँजीको शुन्य दशमलव २७ प्रतिशतले हुन आउने रु.७,२३,६६६.६० (अक्षरेपी सात लाख तेईस हजार छ सय छयसठ्ठी र पैसा साठी) रकम बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने सहारा विकास बैंक लिमिटेडले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x