४६.९७ प्रतिशतले खुद बीमा शुल्क आर्जन वृद्धि गरेकाे सूर्या लाइफकाे नाफा ३२ करोड माथि

surya life insurance company

ज्ञानमाण्डू। सूर्या लाइफ इन्स्योरेन्सको नाफा २३.०१ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममामा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा कम्पनीले ३२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । एक्चुरी मूल्याङ्कन पछि भने कम्पनीको नाफा बृद्धि हुने गरेको छ ।

२ अर्ब २६ कराेड रुपैयाँ चुक्ता पुँजी रहेको सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४६.९७ प्रतिशतले वृद्धि भएर २ अर्ब ८४ करोड रुपैयाँबाट ४ अर्ब १८ करोड रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जीवन बीमा कोष ४३.५४ प्रतिशतले वृद्धि भएर १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८३ कराेड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा धितो बापत १ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरी १० लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले बीमा लेख संख्या ३ लाख ९ हजारबाट बढाएर ३ लाख ३७ हजार पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ४८ कराेड ५४ लाख रुपैयाँ कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १४ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ९८५.९० काे आधारमा मूल्य आम्दानी अनुपात ६८.९९ गुणा रहेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x