लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्‍यो

ज्ञानमाण्डू।लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारीका लागि बिज्ञापन प्रकाशित गरेको हो ।

लोक सेवाले सबैभन्दा धेरै कर्मचारी महोत्तरीको जलेश्वर कार्यालयबाट मागेको छ । इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको जलेश्वर कार्यालयद्वारा कुल १ हजार ३ सय १ जना कर्मचारीहरुको माग गरिएको छ ।

स्थानीय तहमा १४ हजार कर्मचारी आवश्यकता भए तापनि, आन्तरिक प्रतिस्पर्धाबाट लिने गरी लोक सेवाले ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खुलाएको छ ।बाँकी कर्मचारी बढुवामार्फत् पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिनेछ भने दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० लाई तोकिएको छ।

लोकसेवाले बुधबार प्रकाशित गरेको विज्ञापन:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x