नबिल बैंक र बिराटनगर अस्पतँल प्रा. लि. द्वारा विशेष सम्झौता पत्रमा हस्ताक्षर

ज्ञानमाण्डू।नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतँल प्रा. लि.मा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पतँल प्रा. लि. (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बिराटनगर अस्पतँल प्रा. लि.ले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । 

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतँल प्रा. लि. संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक श्री राजेश दासले व्यक्त गरेका छन् । 
“नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा  खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विश्वास बिराटनगर अस्पतँल प्रा. लि.का निर्देशक श्री सुनिल तपरियाले व्यक्त गरे ।

४०० बेड सहितको स्वास्थ्य संस्था, बिराटनगर अस्पतँल प्रा. लि. ले १९ बर्ष देखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएका छ । 

नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु स“गै अघि बढ्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x