धितोपत्र बजारमा गिरावट, नेप्से २९३६.६६ को विन्दुमा




ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ७८ अंकले घटेर २९३६ दशमलव ६६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १० अंकले बढेर ५४७ दशमलव ४६ को विन्दुमा पुगेको छ।

आज कूल २२४ कम्पनीका १ करोड ६० लाख ०४ हजार ५३० कित्ता शेयर रु ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ मा खरिद बिक्री भए।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह २२ दशमलव ३९ अङ्कले, होटल तथा पर्यटन उपसमूह दशमलव ५१ अङ्कले, अन्य उपसमूह २९ दशमलव अङ्कले सामूहिक लगानी कोष उपसमूह ० दशमलव २० अङ्कले बढेका छन् । यता, लगानी उपसमूह २ दशमलव ३३ अङ्कले घट्दा ,उत्पादन उपसमूह १८६.४२ अङ्कले, विकास बैंक उपसमूह १३०.७३ अङ्कले, वित्त उपसमूह ६९.८९ अङ्कले, निर्जीवन बीमा १७८.११ अङ्कले, जलविद्युत उपसमूह ३६. अङ्कले, ट्रेडिङ उपसमूह ८५.५४ अङ्कले, लघुवित्त उपसमूह ८९.५७ अङ्कले जीवन बीमा १९८.१६ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x