गैँडा गणना चैत १० गतेदेखि

ज्ञानमाण्डू।यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ ।

यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । तालीममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १०० को सहभागिता रहने अधिकृत उप्रेतीले बताएका छन् ।

संरक्षण अधिकृत उप्रेतीका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । गैँडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ । 

गैँडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनाभित्रै गैँडा गणना गर्नु राम्रो मानिन्छ । नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६४५ गैँडा थिए । चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको वासस्थान छ । पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा यहाँका गैँडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ । सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x