प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ८१ करोड, वितरण याेग्य मुनाफा १ अर्ब २६ कराेड माथि

ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकको नाफा ३९.४० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३० करोड ७ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१६ अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैंकले १ खर्ब ३० अर्ब ९९ करोड ५२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब २७ करोड ४४ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख ३७ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ३७ कराेड ८२ लाख ९० हजार रूपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.६६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब २६ कराेड ४२ लाख ५२ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.०८ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ र मूल्य आम्दानी अनुपात १९.६० गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x