बजेट कार्यान्वयन निराशाजनक

ज्ञानमाण्डू।नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६/७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । 

आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा सङ्घीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सङ्घीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट रु तीन अर्व ३१ करोड मध्ये छ महिनामा रु ८८ करोड सात लाख (२७.५ प्रतिशत) खर्च भएको छ । 

कार्यालयका प्रमुख दिवाकरण घिमिरेका अनुसार जिल्लामा प्रदेश सरकार मातहतका सरकारी कार्यालय र प्रदेश सरकारबाट अनुदानप्राप्त गरेका स्थानीय सरकारसमेतका २० कार्यालयमा रु एक अर्व ९९ करोड प्राप्त बजेटमा रु १० करोड ३९ लाख (५.२३ प्रतिशत) मात्रै खर्च भएको छ । 

“गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमार्फत मुआब्जा वितरणसमेत गरेर विकास बजेटको खर्च केही उकासिएको देखिए पनि समग्रमा सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन गर्ने कार्यालयको खर्च २७.५ प्रतिशत मात्र हुनु र प्रदेशको त झन् दोहोरो अङ्क नै नहुनुले बजेटको सही कार्यान्वयन नभएको देखिन्छ ।” उनले भनेका छन् , “समयमै बजेट प्राप्त भएर कार्यान्वयनका लागि अनुकूल वातावरण भए पनि विकासका लागि प्राप्त बजेटको खर्च कमजोर हुनुले सुशासन र इमानदारीमा प्रश्न उब्जिएको छ ।” 

विकास (पुँजीगत) खर्चजस्तै यहाँ सङ्घीय सरकारबाट प्राप्त बजेटको चालू (कार्यालय प्रयोजन) खर्च सन्तोषजनक भए पनि प्रदेश सरकार मातहतका कार्यालयको झनै कमजोर देखिएको छ । जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’अन्तर्गत प्राप्त रु २४ करोड बजेट पनि अझै कार्यान्वयनमा आउन बाँकी रहेको जनाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x