धितोपत्र बजारमा १६.९५ अंकको वृद्धि, नेप्से परिसूचक २८०१.५२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर २८०१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९८ अंकले बढेर ५२५ दशमलव ४४ को विन्दुमा पुगेको छ ।

आज कूल २२४ कम्पनीका १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४ दशमलव ७२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २५ दशमलव ६४ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४४ अङ्कले, जलविद्युत उपसमूह ७१.९८ अङ्कले, वित्त उपसमूह ३२.४२ अङ्कले, अन्य उपसमूह १०५.२८ अङ्कले र लघुवित्त उपसमूह ८.६८ अङ्कले बढेको छ । यता, विकास बैंक उपसमूह ७५ दशमलव ७९ अङ्कले घट्दा निर्जीवन बीमा ६ दशमलव २३ अङ्कले, उत्पादन उपसमूह १००.६ अङ्कले, जीवन बीमा ८४.७१ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५२ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x