नेप्से १५०९.६७ अङ्कमा


ज्ञानमाण्डू । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजार कारोवार मापक नेप्से, आज १४.३७ अङ्कले बढेर १५०९.६७ अङ्कमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.३५ विन्दुले बढेर ३२४.७८ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकम पनि बढेको छ । आज कूल १८० कम्पनीको ७२ लाख दुई हजार २३६ कित्ता शेयर रु तीन अर्ब ४० करोड ४७ लाख ८४ हजार ९९९ बराबरको कारोवार भयो । 

आज बैकिंग उपसमूह २२.६३ अङ्कले, होटेल उपसमूह ४.६७ अङ्कले, विकास बैंक उपसमूह १्र९.९५ अङ्कले, हाइड्रोपावर उपसमूह ४.९४ अङ्कले, फाइनान्स उपसमूह ७.७९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १६५.१८ अङ्कले, उत्पादन उपसमूह ३६.१२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १८९.३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२६ अङ्कले बढेकाे छ भने ट्रेडिङ उपसमूह १९.४५ अङ्कले, अन्य उपसमूह्र ०.१५ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ११६.१४ अङ्कले घटेकाे छ ।

कारोवारका आज नेपाल लाइफ इन्सुरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ४४ लाख ३९ हजार २९२ बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु २३ करोड २२ लाख ३० हजार १४३, एनआइसी एसिया बैंक रु १६ करोड ८१ लाख १८ हजार ४३६, हिमालयन डिस्टिलरी रु १३ करोड पाँच लाख ५१ हजार ३६९, नबिल बैंक रु ११ करोड पाँच लाख सात हजार ८४७, एभरेष्ट बैंक रु नौ करोड ५८ लाख दुई हजार ८६८ र ग्लोबल आइएमई बैंकको रु आठ करोड ७१ लाख ९३ हजार ७२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स ९.९२, एभरेष्ट इन्सुरेन्स ८.८५, युनाइटेड इन्सुरेन्स ७.६७, रिडी हाइड्रोपावर ६.९०, सगरमाथा इन्सुरेन्स ६.८५ नेको इन्सुरेन्सका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै, स्वदेशी लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स ९.९९, स्पर्श लघुवित्त ९.२९, स्वावलम्बन लघुवित्त ८.०८, ग्लोबल आइएमई लघुवित्त ७.७९, जनउत्थान लघुवित्त ७.५५, साना किसान विकास बैंक ६.६९ र सबैको लघुवित्तका शेयरधनीले ६.५५ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x