रियल मड्रिड यूएईएफए क्लब वरियताको शीर्ष स्थानमा

ज्ञानमाण्डू।स्पेनिस क्लब रियल मड्रिड यूएईएफए क्लब वरियतामा शीर्ष स्थानमा रहन सफल भएको छ ।युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा स्पेनिस टोली रियल म्याड्रिडले शीर्षस्थान कायम गरेको छ । लगातार पाँचौ वर्ष यथावत शीर्षस्थान कायम गर्ने क्रममा रियलले स्पेनिस क्लब बार्सिलोनालाई पछी पार्न सफल भएको छ ।

१ लाख ४६ हजार अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । त्यस्तै, १ लाख ३८ हजार अंक सहित बार्सिलोना दोस्रो स्थानमा छ भने वरियताको तेस्रो र चौंथोमा स्थानमा क्रमश: जर्मन क्लब वायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको मड्रिड रहेका छन् । तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको १ लाख २८ हजार, एटलेटिको म्याड्रिडको १ लाख २७ हजार तथा पाँचौ स्थानमा रहेको युभेन्टसको १ लाख २४ हजार अंक छ ।

त्यस्तै म्यानचेस्टर सिटी छैटौं, सेभिया सातौं, पेरिस सेन्ट जर्मेन (पीएसजी) आठौं, आर्सनल नवौं र पोर्टो दशौँ स्थानमा रहेका छन् । म्यानचेस्टर सिटीले १ लाख ६ हजार अंक जोडेको छ भने स्पेनकै सेभिल्लाको १ लाख ४ हजार अंक रहेको छ ।

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले १ लाख ३ हजार, आर्सनलले १ लाख १ हजार र दशौँ स्थानको पोर्टोले ९३ हजार अंक जोड्न सफल रहेका छन् । क्लब रैंकिंग चैंपियंस लीग र यूरोपा लीगमा पछिल्लो पाँच सीजनमा प्राप्त परिणामहरुमा आधारित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x