राधी विधुत कम्पनीले ३६.५० प्रतिशत लाभांश वितरण गर्ने



ज्ञानमाण्डू।राधी विधुत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल जेठ २ गते, आइतबारका दिन अपरान्ह ५ वजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ३६ दशमलव ५० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने रकम १७ करोड २८ लाख ४८ हजार १२२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । गत वर्ष राधी विधुत कम्पनी लिमिटेडले ५ प्रतिशतले हुन आउने बोनस शेयर तथा ५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने राधी विधुत कम्पनी लिमिटेडले जानकारी दिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x