सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज ५ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार असाेज ४ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x