एनएमबि बैङ्कले घोषणा गर्‍यो ७ प्रतिशत नगद लाभांश

एनएमबि बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैङ्कको बुधवार बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैङ्कले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले करसहित १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसै गरी बैङ्कले अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यसअनुसार करसहित १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गरिनेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराई शेयरधनीलाई वितरण गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x