कक्षा ११ को परीक्षाफल सार्वजनिक


ज्ञानमाण्डू।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज (मंगलबार) सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाएको थियो । गत बैशाख २९ गते देखि जेठ ८ सम्म सञ्चालन गरिएको कक्षा ११ को परीक्षाफल आज मंगलबार प्रकाशित भएको छ ।

गत वैशाखमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ५ लाख ९ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३,४९,६०३, ग्रेडबृद्धि तर्फ १,४२,३४५ र आंशिक तर्फ १७१०४ परीक्षार्थी सहभागी थिए । अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ४१.७० प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले कक्षा ११ को नतिजा जी .पी .ए का आधारमा प्रकाशन गर्दै आएको छ ।

नियमिततर्फ:

  • जिपिए ३.६५ देखि ४ सम्म ल्याउने २ हजार ३ सय १९
  • जिपिए ३.२१ देखि ३.६० ल्याउने १३ हजार ७७२
  • जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने ३२ हजार २ सय ५३
  • जिपिए २.४१ देखि २.८० ल्याउने ५४ हजार ८ सय १६,
  • जिपिए २.१ देखि २.४० ल्याउने ८४ हजार २ सय ३९
  • जिपिए १.६१ देखि २ ल्याउने ८९ हजार ६ सय ५०
  • जिपिए १.२१ देखि १.६० ल्याउने ४३ हजार ३७
  • जिपिए ०.८१ देखि १.२० ल्याउने ८ हजार १७१
  • जिपिए ० देखि ०.८० ल्याउने २१ हृजार ३ सय ४६ छन्।
  • नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् ।

How to see NEB Grade 11 Result 2076? विद्यार्थीहरूले परिणामहरू प्रकाशित हुने बित्तिकै आफ्नो एनईबी ग्रेड परीक्षा परिणामहरू सजिलै प्राप्त गर्न सक्नेछन् । प्रकाशित नतिजा हेर्नका लागि तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:

-राष्ट्रिय परिक्षा बोर्ड

-नेपाल टेलिकम

-edusanjal

तथा विभिन्न SMS र IVR मार्फत माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा ११ को  नतिजा हेर्न सक्नेछन् |

SMS मार्फत कक्षा ११काे  परीक्षाको नतिजा हेर्न :
Type NEB <space> SymbolNumber and Send SMS to 35001
Type NEB <space> SymbolNumber and Send SMS to 31003 
Type NEB <space> SymbolNumber and Send SMS to 1600

NEB Grade 11 Results 2076


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x