धितोपत्र बजारमा गिरावट, नेप्से ३१०७.४५ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ अंकले घटेर ३१०७ दशमलव ४५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६४ अंकले बढेर ५७९ दशमलव ० को विन्दुमा पुगेको छ ।

आज कूल २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये दुर्इ उपसमूहको शेयर बढेका छन् । बैंकिङ उपसमूह शुन्य दशमलव १२ अङ्कले बढ्दा विकास बैंक उपसमूह १०८ दशमलव ६९ अङ्कलेबढेको छ । यता, ट्रेडिङ उपसमूह ४५ दशमलव २७ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ४३ दशमलव ५८ अङ्कले, जलविद्युत ७६.२४ अङ्कले, वित्त उपसमूह २२.८९ अङ्कले, निर्जीवन बीमा ४९.९७ अङ्कले, उत्पादन उपसमूह ९०.८२ अङ्कले, अन्य उपसमूह १७.४१ अङ्कले, लघुवित्त उपसमूह ३४.८२ अङ्कले, जीवन बीमा ५३.१७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले र लगानी उपसमूह १ दशमलव ६८ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x