छात्रछात्रालाई निर्वाचन शिक्षा

ज्ञानमाण्डू।निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन सुरु गरिएको छ । 

मतदाता नामावली सङ्कलन, आवश्यक कागजात, मतदान गर्ने विधि तथा मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमुना, निर्वाचनको प्रकार एवं निर्वाचन अभ्यासलगायतका बारेमा जानकारी दिन विद्यालयमा निर्वाचन विशेष कार्यक्रम सुरु गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय खोटाङको आयोजनामा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रालाई सहभागिता रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित सरस्वती नमुना माविबाट सुरु गरिएको विद्यालयस्तरीय निर्वाचन शिक्षा विशेष कार्यक्रम जिल्लाका सबै स्थानीय तहका विद्यालयमा पुर्‍याइने जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिइन् । 

छात्रछात्रा मार्फतको निर्वाचन शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने कार्यालयले जनाएको छ । हालसम्म पञ्च मावि दिक्तेल, कालिका मावि नेर्पा, श्रीमावि बाँसबोटे, भगवती दिनानाथ मावि खोटाङबजारलगायतका विद्यालयमा निर्वाचन शिक्षा सञ्चालन भइसकेको अधिकारी राईले बताए । 

आगामी चैत ७ गतेदेखि सबै वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । छ समूह निर्माण गरेर जिल्लाका ७९ वटै वडामा सञ्चालन गरिने फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन अधिकारी राईले जानकारी दिए । 

पछिल्लो जनगणनाअनुसार दुई लाख पाँच हजार २२५ जनसङ्ख्या रहेको जिल्लामा विसं २०७४ मङ्सिरमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा एक लाख २५ हजार मतदाता रहेका थिए । त्यसयता थपिएका मतदाताको सङ्ख्या रुजु गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x