कामना सेवा बैंकले ९ दशमलव ५० प्रतिशत लाभांश दिने

ज्ञानमाण्डू।कामना सेवा विकास बैंक लिमीटेडले ९ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । बैंकको चैत २४ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १ दशमलव ५० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णय अनुसार बैंकले ३ करोड ७५ लाख ३९ हजार ८३२ दशमलव ७९ रुपैयाँ बराबरको बोन सेयर र २० करोड २ लाख १२ हजार ४४१ दबमलव ५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरणमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x