काठमाडौँको ताजमा गहना स्वरूप विराजमान चन्द्रागिरी

ज्ञानमाण्डू। हाम्रो दैनिक दिनचर्यामा काठमाडौँको व्यस्त सडक, अनन्त ट्राफिक र प्रदूषण  तपाइ हाम्रो मस्तिष्कमा चिड्चिडाहटकाे मूल कारण बन्दछन्। उपत्यकाको  प्रदूषणमै  घुमिरहेको जीवनी र यो भिडमा हामी यसरी हरायाैं कि क्यालेन्डरले हामीलाई सधैँ प्रस्ताव गर्दा गर्दै पनि निलाम्मे आकाशको क्षितिजमा डुबिरहेको उपत्यकाको मधुर साजमा र अनन्त कालदेखि उभिएका हरिया पहाड र उनका गौरवको प्रशंसा गर्दै रमाउन भुसुक्कै बिर्सेछाैं । पूर्ण महिमामा डुबेका यी पर्वत, विस्तारित चट्टानहरू र उनको मुकुट सरि मुस्कुराउँदो चन्द्रागिरी पहाडको हृदयइस्पर्सि दृश्यले मातृ प्रकृतिको आवास दिलाउँदछ । सगरमाथाको चम्किलो गर्व र बादलहरूको अँगालोमा बाँधिएको अन्नपूर्ण हिमशृंखलामा डुबेको चन्द्रागिरीले सांस्कृतिक सङ्केतको साथै इतिहासको सुगन्ध र अनन्त अस्तित्वलाई वरिपरि डुलाउँदछ ।

कलङ्कीको बाक्लो भिड र केही ट्राफिक पार गर्दै कम किलोमिटरको सानो ड्राइभ पश्चात् केही कदम अगाडी चन्द्रागिरी पर्वत बस्दछ । टिकेट अनि केही जाँच पछि शान्त र करिब दश मिनेट आरामदायेक केबुलकार सवारीको अनुभूति  लिँदै हामी चन्द्रागिरीको बढ्दो पहाडसँग उठ्दा आकर्षक काठमाडौँको प्रशंसनीय दृश्य देख्न सक्छौँ। 

यहाँ पुग्दा हामीले वातावरणमा अचानक परिवर्तन, हृदयमा शान्ति र सकारात्मक प्रतिभुतिको  महसुस गर्दछौँ । गौरव साथ उभिएको चन्द्रागिरी पहाड एकीकरणको इतिहास, वीर राजाहरूका विजय गाथा यहाँको वायुका साथ उफ्रने गर्दछन्। वरपरको  मनोरम वातावरण, उचाइ, उभिएको चट्टान, चिसो हावा, आनन्दमय तापमान, भोजनका स्टलहरू, रेस्टुरेन्ट र अधिक महत्त्वपूर्ण दिव्य भालेश्वोर मन्दिर चन्द्रागिरीका कलात्मन दृश्यहरू मध्य का हुन्  ।   

चन्द्रागिरीको ताजमा गहना स्वरूप विराजमान भालेश्वोर महादेव मन्दिरले पौराणिक कला, संस्कृति र बहुमूल्य मानदण्डहरूको परम्परागत सङ्केत सँग नामकरण गरेको छ जसमा हाम्रो आस्था अडिदै आएको छ । ईश्वरीय आशीर्वाद प्राप्त गर्दै भव्य रेस्टुरेन्टका गुणस्तरीय व्यञ्जन र सानदार दृश्यमा रमाउँदै चन्द्रागिरीको अत्यन्त आनन्दमय पर्यावरणमा हराउने चाहना को नेपालीको मन मस्तिष्कमा नहोला र ? चन्द्रागिरीको शिरमा उभिएका स्म्रितिहरुका माझ एक कप चियाको न्यानो चुस्कीसंगै हर आगन्तुकका डर र आत्म सीमित विश्वासहरूलाई  यहाँको चिसो हावाले सँगै बगाउने गर्दछ। चन्द्रागिरीको भिव्यू टावरबाट अटुट हिम्श्रिङ्खलाका शानदार दृश्य, निला आकाशका गहिरा धुरीमा खेलिरहेका बादलहरू सँगै ओरालो लागेका चौडा पहाडहरूले हाम्रो हृदयको हरेक आवश्यकता पूर्ति गर्दछ। 


काठमाडौँलाई बेरेका हरेक पहाडलाई आँखाले आकलन गर्न सकिँदैन, बादलमै बिलाउने ती हिमचुलीलाई क्यामेराको सानो रिलमा कैद गर्न सकिँदैन, चन्द्रागिरीको शिरबाट गरिने अवलोकनले एउटा छुट्टै मनोरम आनुभुतिको एहेसास गराउने गर्दछ किनकि यहाँको ताजा हावामा नै अनौठो प्रकारको जादु छ त्यसैले त हर आगन्तुक चन्द्रागिरीको स्वर्गीय आनन्दमा हराउने गर्दछ। 

चन्द्रागिरीको परिदृश्य एकै नजरमा अटाउन सकिँदैन, एकैचोटीको अवलोकनले जो कोहीको यहाँ रमाउने इच्छा पुरा हुँदैन तसर्थ चन्द्रागिरी हिल्सको बारम्बार भ्रमण सबैको इच्छा सूचीको पहिलो रोजाइमा पर्ने गन्तव्येको रूपमा लिन सकिन्छ। यही कुरालाई मध्यनजर गरेर चन्द्रागिरी हिल्सले नेपाली परम्परागत मौलिकता र परिवेशको मिश्रण सहित अन्य आयामी पक्षहरूको अनुभव गराउन चन्द्रागिरी हिल्स रिसोर्ट निर्माण गरेको छ, रिसोर्टको विनम्रताले नै यसको विशालता झल्काएको महसुस गर्न सकिन्छ साथै हरेक नेपालीको बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाउने द्रिढ इच्छा पनि रिसोर्टले पुरा गर्दछ ।   

चमकदार दृश्य, दिव्यता र विविधताले सजिएको चन्द्रागिरी हिल्स हाम्रो आवश्यकता र इच्छाहरूको आपूर्ति गर्ने आधारभूत संरचनाको रूपमा लिन सकिन्छ। हिमालय र हराएका पहाडहरूसँग चित्रित चन्द्रागिरी हिल्स सुन्दरताका लागि एक बहुमुखी प्रस्तुतीकरण मात्र नभएर नेपाली पर्यटनको प्रति प्राकृतिक सुन्दरताको राम्रो दृष्टिकोण हो जो दूरदर्शी योजनाहरूको लागि वर्तमान आकर्षण, नेपाली मनोरञ्जनको विकास र उत्थानतिर लागि परेको देखिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x