अमेरिकी कम्पनी एप्पलका केही रोचक तथ्यहरू


ज्ञानमाण्डू। एप्पल कम्पनी एक बहुराष्ट्रिय प्रविधि कम्पनी हो। यो कम्पनी अनुसार सन् १९७६ अप्रिल १ मा स्टीव जब्स, स्टीव वोज्नियाक र रोनाल्ड वेनले स्थापना गरेका थिए। एप्पल कम्पनीको मुख्यालय क्युपर्टिनो, क्यालिफोर्निया, अमेरिकामा स्थित छ। आउनुहोस् आज एप्पल कम्पनीका बारेमा केही रोचक तथा अनौठा तथ्यहरू पढौँ।

  • एप्पलसँग अमेरिकी सरकारसँग भन्दा धेरै नगद (Cash) रहेको छ।
  • सन् १९७६ मा एप्पलको पहिलो कम्प्युटर $६६६.६६ मा बिक्री भएको थियो।
  • सन् १९८६ मा एप्पलले कपडा व्यवसाय सुरु गरेको थियो जुन "The Apple Collection" नामबाट सञ्चालन गरिएको थियो।
  • यदि हामीले एप्पलका ग्याजेट्सहरूकाे विज्ञापनहरूमा ध्यान केन्द्रित गरेर हेर्याैँ भने, लगभग सधैँ जसो समय ९:४१ मा सेट गरिएको हुन्छ, जुन स्टीव जब्सले 2007 मा आईफोनलाई अनावरण गरेको समय हो।
  • हामी सबैलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ तर एप्पलके आईप्याडको रेटिना डिस्प्ले सामसुङले उत्पादन गर्दछ।
  • एप्पलको बजार पुँजीकरण अमेरिका, चीन, जापान र जर्मनी बाहेक अन्य देशहरूको भन्दा बढी रहेको छ।
  • कार्ल सागनले एप्पललाई दुई पटक मुद्दा दायर गरेका थिए।
  • एप्पलको म्याकबुक प्रो ले यसको ट्र्याकमा .२२ cal र ९ mm बुलेट रोक्न सक्छ जसले गर्दा यो बुलेट प्रुफ संरक्षक पनि मानिन्छ।
  • एप्पलको लोगो संसारमा सबैभन्दा चिनिने मध्ये एक हो, यद्यपि, एप्पलको पहिलो लोगोमा आइज्याक न्युटनलाई देखाइएको थियो।
  • एप्पल कम्पनीको नेटवर्थ सम्पूर्ण रुसी धिताेपत्र बजार भन्दा बढी छ।
  • एप्पल स्टोरमा जागिर पाउनु भन्दा अध्ययनको लागि हार्वर्ड विश्वविद्यालयमा प्रवेश गर्नु सजिलो छ।
  • स्टिभ जब्सलाई सन् १९८५ मा एप्पलबाट बर्खास्त गरिएको थियो ।
  • एप्पल आईप्याडमा क्यालकुलेटर एप छैन।
  • २०१४ को पहिलो त्रैमासमा एप्पलकाे कमाइ गुगल, फेसबुक र अमेजनको संयुक्त कमाइ भन्दा बढी थियो।
  • एप्पलले २०२१ को पहिलो त्रैमासमा प्रति मिनेट ६९१,२३४.५७ डलर कमाएको थियो।
  • एप्पलले २०१८ मा प्रति दिन ८४९,४५० आईफोनहरू बेचेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x