सिजीनेटले ल्यायो ‘सुपर भ्यालु’ योजना



ज्ञानमाण्डू। सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको सुपर भ्यालु योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् ।

कम्पनीको अनुसार समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन् । यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

१ वर्षको प्याकेजको औसत मासिक मूल्य ३०० एमबीपीएसको लागि १ हजार २४४ रुपैयाँ, १५० एमबीपीएसको लागि ९२५ रुपैयाँ र ७५ एमबीपीएसको लागि ६८० रुपैयाँ हुनेछ कम्पनीले जानकारी दिएको छ । यो हालसम्म कै सस्तो मूल्य रहेको कम्पनीले दावी गरेको छ ।

यस्तै, ३०० एमबीपीएस रकस्टार प्याकेज १ महिना प्याकेजको लागि १ हजार ९९ रुपैयाँ लागत र त्यसैगरी ३ महिनाको प्याकेजका लागि ४ हजार ६२ रुपैयाँ र वार्षिकको लागि १४ हजार ९२८ रुपैयाँ लाग्ने छ ।

त्यसैगरी, १५० एमबीपीएस लोकप्रिय प्याकेज १ महिना प्याकेजको लागि १ हजार ५० रुपैयाँ लाग्नेछ भने ३ महिनाको प्याकेजको लागि ३ हजार ४५ रुपैयाँ र १२ महिनाको प्याकेजको ११ हजार १०० रुपैयाँ लाग्ने छ ।

प्रस्ताव गरिएको सबैभन्दा कम गति ७५ एमबीपीएसको लागत १ महिना योजनाको लागि ७३० रुपैयाँ, ३ महिनाको योजनाको लागि २ हजार १६० रुपैयाँ र १२ महिनाको योजनाको लागि ८ हजार १६० रुपैयाँ छ ।

सिजीको कुनै पनि प्याकेज र योजनाको लागि जडान खर्च र ड्रप वायर निस्शुल्क रहेको छ । यस्तै, डुअल ब्यान्ड राउटर कुनै पनि ग्राहकले १२ महिनाको योजना लिएमा निस्शुल्क छ भने डुअल ब्यान्ड राउटर ३ महिनाको लागि एक हजार र १ महिनाको लागि १५ सय लाग्दछ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । सिजीनेटको सेवा अहिले उपत्यका बाहिरका थप ७ जिल्लामा उपलब्ध छ र आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्न कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x