बढ्यो सुन चाँदीको भाउ

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ । 

सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार १०० मा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । सोमवार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x