सिटिजन्स म्युचुअल फण्ड २ काे जम्मा आम्दानी ऋणात्मक, कहाँ कहाँ छ लगानी ?


ज्ञानमाण्डू। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।

बैशाख मसान्तसम्म आइपुग्दा सिटिजन्स म्युचुअल फण्ड २ काे जम्मा आम्दानी ६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी ५ कराेड ६० लाख रुपैयाँले ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा नाेक्सान १५.५ प्रतिशतले बढकाे देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म १ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ।

सिटिजन्स म्युचुअल फण्ड २ ले बैशाख मसान्तसम्म ४१ करोड ४२ लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी सिटिजन्स म्युचुअल फण्ड २ ले ६ करोड रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा ७ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ।

सिटिजन्स म्युचुअल फण्ड २ काे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.१७ ले घटेर १० रुपैयाँ ८४ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने सिटिजन्स म्युचुअल फण्ड २ काे न्याभ ११ रुपैयाँ ०१ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने १४.७ प्रतिशतले बढेर ७ करोड ५५ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान ६ करोड ५८ लाख रुपैयाँ पुगेको थियो।

सिटिजन्स म्युचुअल फण्ड २ काे बैकं मौज्दातमा भने ५ करोड ३ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x