नेपाल इन्फ्रास्ट्र्क्चर बैंक लिमिटेड (NIFRA)को ८.५ प्रतिशत लाभांश प्रस्ताव


ज्ञानमाण्डू।नेपाल इन्फ्रास्ट्र्क्चर बैंक लिमिटेड (NIFRA) ले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल आश्विन ४ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ९८ औ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने नगद लाभांश(कर समेत) स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने नेपाल इन्फ्रास्ट्र्क्चर बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश नेपाल इन्फ्रास्ट्र्क्चर बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई दिएको प्रथम लाभांश हो। 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x