नेप्सेले गर्‍यो सूचिकृत संगठित संस्थाको बर्गीकरण



ज्ञानमाण्डू । नेपाल स्टक एक्सचेञ्ज लि.ले धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम नेप्सेमा सूचिकृत संगठित संस्थाहरुको चालु आ.ब. को प्रथम त्रैमासको बर्गीकरण गरेको छ । नेप्सेद्धारा जारी सूचना अनुसार "ए" र "बी" बर्गमा कुनै पनि संगठित संस्था परेका छैनन् भने "जी" बर्गमा २२ र अन्य सबै "जेड" बर्गमा परेका छन् । उक्त बर्गीकरणमा परेका संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिन भित्र दावी गर्न समेत सूचित गरेको छ । सो विनियमावली अनुसार यस्तो बर्गीकरणको पुनरावलोकन गरी त्रैमासिकरुपमा अद्यावधिक गर्नुपर्ने ब्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x