सनराइज बैङ्कको नाफा २ अर्ब १५ कराेड, वितरण याेग्य मुनाफा कति ?

Sunrise Bank Limited

ज्ञानमाण्डू। सनराइज बैङ्कको नाफा ४९.३ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ४४ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब १५ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ भने वितरण याेग्य मुनाफा २५ कराेड रुपैयाँ रहेकाे छ ।

१० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सनराइज बैङ्कले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ४६ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३०.११ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड रुपैयाँ पुगेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.३९ प्रतिशत र प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा र पछिल्लाे काराेबार मूल्य रू २०३ काे आधारमा मूल्य आम्दानी अनुपात ९.५४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x