ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात


ज्ञानमाण्डू। ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। 

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाट प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको जनाएकाे छ ।

बैंकले यहि मिति २०७८ साल मंसिर ५ गते देखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको जानकारी दिएको छ  ।

ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भए संगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, Self-Account Link, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्ने बैंकले उल्लेख गरेको छ। 

त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले Self Register गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारी पाउन सक्ने बैंकले थप उल्लेख गरेको छ ।

यो सुविधा नयाँ प्रयोगकर्ता हरुले Appstore अथवा Playstore बाट App लाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरुले App लाई Update गरि नयाँ सेवाहरूको लाभ लिन सकिने बैंकले जनाएको छ । 

यस स्तरोन्नत्तीसँगै ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास ज्योति विकास बैकले लिएको यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x