हेटौंडा–कुलेखानी सुरुङमार्ग निर्माणको बोलपत्र आह्वान गरिने

ज्ञानमाण्डू।बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सुरुङमार्गको निर्माणको लागि सरकारले आगामी वैशाखको तेस्रो साता भित्रै बोलपत्र आह्वान गर्ने बताएका छन् ।

मन्त्री फुयाँलले आज संक्षिप्त कुराकानी गर्दै बाग्मती प्रदेशका १३ जिल्लामा हरित नगरको पूर्वाधार विकासको लागि गुरुयोजना तयार भइसकेको पनि उल्लेख गरे । उनले हेटौँडा–कुलेखानी–सिस्नेरी र छैमले सडकखण्ड स्तरोन्ततीसँगै फराकिलो पार्ने, ढल निकास र कालोपत्रे गर्ने कार्यलाई तीव्रता पारिएको बताए ।

मन्त्री फुयाँलले सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समावेश गर्ने गरी काठमाडौँको चन्द्रज्योति विद्युत् गृह, सुन्दरीजल विद्युत् गृह, हेटौँडा–काठमाडौँ जोड्ने रोपवे र हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाईमा रहेको पुरानो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने विषयमा उच्चस्तरीय प्राविधिकले अध्ययन थालिसकेको स्पष्ट पारेका छन् ।

उनले पुरानो कान्तिराजपथ निर्माण भइरहेको र यसलाई तीव्रता प्रदान गर्न तथा आगामी २०७७ साल फागुनभित्र उक्त राजमार्गको ७९ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक स्रोत साधन परिचालन गरिसकिएको जानकारी दिए । मन्त्री फुयाँलले प्रदेशको १३ वटै जिल्लामा सञ्चालन गरिने राष्ट्रिय गौरवका आयोजना एवम् स्थानीय निकायबाट सिफारिस भई आएका विकासका पूर्वाधारका योजनालाई समावेश गर्ने क्रममा सम्बन्धित क्षेत्रका प्रतिनिधीसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीबिच बजेट तर्जुमा गर्ने सम्बन्धमा केही साताभित्रै बृहत् छलफल प्रारम्भ गर्ने तयारी भइरहेको पनि उल्लेख गरे ।

कुलेखानी–चित्लाङ हुँदै काठमाडौँको थानकोट पुग्ने सडक स्तरोन्नतीको लागि सम्बन्धित प्राविधिकलाई स्रोत साधनसहित परिचालन गरिने जानकारी दिँदै मन्त्री फुयाँलले बाग्मती प्रदेशको विभिन्न सहरमा विद्युतीय बस सञ्चालनको लागि आवश्यक पूर्वाधार तयारी गर्ने क्रममा प्रदेशमा यातायात निगमको कार्यालयको स्थापना गर्ने र सम्बन्धित निकायमार्फत विद्युतीय बस खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको पनि स्पष्ट पारेका छन् । 

उनले त्रिभुवन राजपथमा पर्ने धादिङको नौबिसे–पालुङ–पालुङ–हेटौंडासम्मको सडकखण्डमा पुनः निर्माणलाई स्तरोनती गर्नेतर्फ सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिबिच सहकार्य प्रारम्भ गर्ने लक्ष्य रहेको व्यक्त गरे  ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x