ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन पछिको भाउ कति ?

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार चैत १७ गते, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।


नेप्सेले मंगलबार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३ दशमलव ८ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य १६९ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले बैंकको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १७५ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x