हिमालयन डिष्टिलरीको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, प्रतिशेयर आम्दानी बढेर ९१ रुपैयाँ ६६ पैसा

ज्ञानमाण्डू।हिमालयन डिष्टिलरी लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा कम्पनीको प्रमुख वित्तीय सूचकहरुमा सुधार आएको देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा हिमालयन डिष्टिलरी लिमिटेडले १४ करोड ३६ लाख २८ हजार रुपैयाँ अर्थात ५६ दशमलव ५४ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो।

आ.व .२०७७/७८ को दाेस्राे त्रैमास सम्ममा कम्पनीको बिक्री आम्दानी १ अर्ब ८ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको अन्य सञ्चालन आम्दानी २ करोड ७९ लाख रुपैयाँबाट बढेर ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३७ करोड ५४ लाख रुपैयाँबाट बढेर ५६ करोड ५० लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख रुपैयाँबाट बढेर ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छन । त्यस्तै,गत आर्थिक वर्षको तुलनामा यस कम्पनीको जगेडा कोष ४६ करोड ३२ लाख रुपैयाँबाट बढेर ४९ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ८७ रुपैयाँ ८३ पैसा रहेको हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९१ रुपैयाँ ६६ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७ दशमलव १३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x