सिद्धार्थ बैंकको नाफा ३ अर्ब २१ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

Siddhartha Bank Limited

ज्ञानमाण्डू। सिद्धार्थ बैङ्कको नाफा १२.६ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले १ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ७ अर्ब ७८ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २७.६ प्रतिशतले बढेर ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा २ अर्ब १० करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा सिद्धार्थ बैङ्कले आफ्ना शेयरधनिहरूलाई १६.८२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.०३ प्रतिशत र प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३३५ काे आधारमा मूल्य आम्दानी अनुपात १३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x