मेगा बैङ्कको नाफा ५०.४७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू।मेगा बैङ्कको नाफा ५०.४७ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ६० कराेड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैङ्कले १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ६० कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.९६ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेकाे छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा ५ करोड ५६ लाख रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात ०.८९ प्रतिशत र प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३३१ काे आधारमा मूल्य आम्दानी अनुपात १३.३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x