सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेष्ठ १० गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।


अघिल्लो कारोबारी दिन अर्थात आईतबार जेष्ठ ९ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।


सोमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन आईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x