कति पाउला जीवन विकास लघुवित्तको आईपीओले पहिलो कारोबारको रेञ्ज ?


ज्ञानमाण्डू। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्राथमिक शेयर (आईपीओ) काे बाँडफाँड समापन भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूको जिज्ञासा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने रहेको छ।

जीवन विकास लघुवित्तले २०७८ साल अषाढ ११ गतेदेखि अषाढ १५ गतेसम्म सर्वसाधारणका लागि  बिक्रि खुला गरेको प्राथमिक शेयर(आईपीओ) यहि अषाढ २३ गते बाँडफाँड भएको हो । धेरै लगानीकर्ताहरुको हात खाली भएको उक्त आईपीओमा आवेदन दिएका कुल २० लाख १८ हजार ३०८ जना सर्वसाधारण लगानिकार्ता मध्य मात्र १ लाख ८४ हजार ७९६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् भने भाग्यमणि ५ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् । १८ लाख ३३ हजार ५ सय ७ जना सर्वसाधारण लगानिकार्ताको हात भने खाली भएको उक्त आईपीओको दोस्रो बजार प्रति शेयर मूल्य भने कति तोकिएला भन्ने प्रश्न हाल सबैको चासोको विषय बनेको छ ।

सर्वसाधारण लगानिकार्ताको जिज्ञासाको विषय बनेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबारको ओपनिङ्ग रेञ्जका बारेमा चर्चा गर्दै गर्दा सर्वप्रथम यस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर नेटवर्थको कुरा गरौँ ।

कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो । किताबी मूल्यले प्रति सेयर खुद सम्पत्तिको मूल्यलाई जनाउँछ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कारोबार गरिने कम्पनीको शेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना पश्चात् खरिद बिक्री गरिने निर्णयलाई राम्रो मानिन्छ ।

यता, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रति शेयर नेटवर्थको कुरा गर्दा, नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेकाे विवरण पत्र अनुसार उक्त कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिशेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको जानकारी दिएको छ । धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हरेक कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीकाे प्रति शेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

यहि विषयलाई आधार मान्दा, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ओपनिङ्ग रेञ्ज नेप्सेले न्युनतम ३०५ रूपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म निर्धारण गर्न सक्ने सम्भावना रहेकाे देखिन्छ । अर्थात् सोही रेञ्जभित्र रहेर जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार हुने देखिन्छ। तर, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार ओपनिङ्ग रेञ्ज भने तोक्न अझै बाँकी नै रहेको छ । नेप्सेले कम्पनीको ओपनिङ्ग रेञ्ज साथै उक्त कम्पनीको प्रतीक चिन्ह पनि निर्धारण गर्ने छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कूल जारी पूँजी ६० करोड ८४ लाख रुपैंयाको ३२.५०% अर्थात् १९ करोड ७७ लाख ३० हजार रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर मध्ये कूल जारी पूँजीको ०.५% अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुलाई र ५% अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने १८ लाख ४८ हजार १५ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।

यस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ICRA Nepal Limited ले मिति २०७७/११/१७ मा “समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित तथा यस संस्थामा मध्यम क्रेडिट जोखिम रहने ICRANP -IR] BBB- Prounced as ICRANP Issuer Rating Triple B Minus ]” प्रदान गरेको छ। उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०५८/११/१६ सम्म रहनेछ ।

यस कम्पनीको हाल चुक्ता पूँजी रु. ४१,०६,७०,०००/- (अक्षरेपी एकचालीस करोड छ लाख सतरी हजार रुपैया) रहेको छ जसलाई रु. १००/- का दरले ४१,०६,७०० (एकचालीस लाख छ हजार सात सय) कित्ता शेयरमा विभाजन गरिएको छ। सर्वसाधारणलाई रु. १९,७७,३०,०००/- (अक्षरेपी उन्नाईस करोड सत्हत्तर लाख तीस हजार) रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- (अक्षरेपी साठ्ठी करोड चौरासी लाख) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x