हिमालयन बैंकको नाफामा करिब साढे ६२ प्रतिशत गिरावट, अन्य वित्तीय सूचक कस्तो ?

ज्ञानमाण्डू।हिमालयन बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा बैंकको प्रमुख वित्तीय सूचकहरुमा गिरावट आएको देख्न सकिन्छ ।

हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्बभन्दा बढी रुपैयाँ अर्थात ६२ दशमलव ५१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ। कारण स्वरूप बैंकको सञ्चालन नाफा पनि २ अर्ब ११ करोड रुपैयाँबाट घटेर ९८ करोडमा झरेको छ।

१० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंक लिमिटेडको जगेडा कोषमा सामान्य सुधार हुँदै ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकको जगेडा कोषमा ५ अर्ब ७२ करोड रुपैयाँ सञ्चित थियो भने रिटेन्ड अर्निङ्गमा ५९ दशमलव २४ प्रतिशत गिरवट आइ १ अर्ब १ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकको रिटेन्ड अर्निङ्गमा २ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ सञ्चित थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने बैंकको कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ दशमलव २८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ दशमलव १३ प्रतिशतमा कायम भएको छ।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसाम सीमित भएको छ ।यस्तै, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७ दशमलव १० गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x