आत्मनिर्भर लघुवित्तकाे नाफा ४ करोड ७९ लाख ६९ हजार


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ कराेड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ७९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको आत्मनिर्भर लघुवित्तले १ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आत्मनिर्भर लघुवित्तले २० करोड ०२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १५ करोड २१ लाख रुपैयाँ रहेको छ।

आत्मनिर्भर लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५५.२९ प्रतिशतले बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x