नदी कटानका कारण फोहर व्यवस्थापनमा समस्या

ज्ञानमाण्डू।फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि तनहुँको व्यास नगरपालिकाले विगत एक महिनादेखि बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न सकेको छैन । व्यास नगरपालिका–३ स्थित भतेरीमा मादी नदीले कटान गरेपछि एक महिनादेखि बजार क्षेत्रको फोहर उठ्न नसकेको हो ।

नगरपालिकाले बजार क्षेत्रबाट सङ्कलन गरेर बिसर्जन गर्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि समस्या भएको व्यास नगरपालिका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिए । “नगरक्षेत्रबाट सङ्कलन गरिने फोहरमैला मादी नदी नजिकको भतेरीमा फाल्ने गरिन्थ्यो, मादीमा आएको बाढीले उक्त ठाउँ नै कटान गरिदिएर फोहर पनि बगाइदियो,” ढुङ्गानाले भने , “ठाउँ अभावमा अहिले बजार क्षेत्रको फोहर उठाउन सकेका छैनौ ।” 

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको थियो । कोभिड–१९ का कारण नगरपालिकामा बन्दाबन्दी भएकाले पसलहरु बन्द रहेपनि घरबाट निस्कने फोहरमैला व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले सोच्नुपर्ने व्यास नगरपालिका–२ निवासी विकास खनालले बताए । 

सरसफाइ उपशाखा प्रमुख ढुङ्गानाले भने केही दिनभित्रै नियमित रुपमा फोहर सङ्कलन गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । भतेरीमा रहेको बाबुलाल श्रेष्ठको केही जग्गा दुई तीन महिना लिएर उक्त ठाउँमा फोहर व्यवस्थापन गर्न लागिएको प्रमुख ढुङ्गानाले बताए । 

वर्षाले भतेरी जाने बाटो बिग्रिएपनि नगरपालिकाले बाटो मर्मत भने गरिसकेको छ । फोहर बिर्सजनका लागि वैकल्पिक व्यवस्थापन गर्न बजार क्षेत्रका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीले भतेरीको अवलोकन गरेको थियो । “तत्कालका लागि भतेरीमै व्यवस्थापन गरेर फोहर बिसर्जन गर्ने व्यवस्था मिलाइएको छ, केही दिनभित्रै फोहर उठ्छ,” ढुङ्गानाको भनाइ छ । 

नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत वर्षौदेखि भतेरीमा फोहर फाल्दै आइरहेको छ । डम्पिङ साइट निर्माणका लागि नगरपालिकाले विगतमा व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा जग्गा अध्ययन गरेको थियो । तर स्थानीयवासीको विरोधपछि नगरपालिका उक्त ठाउँबाट पछि हटेको छ । 

नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइइ) गर्ने तयारी गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x