जनता बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

ज्ञानमाण्डू। जनता बैंकका ग्राहकहरुले ह्याम्स अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । उक्त सेवा प्रदान गर्ने सम्बन्धमा यी दुई पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x