भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

ज्ञानमाण्डू।नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ । 

‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीले यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो । 

शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी सङ्घका अध्यक्ष समुन्द्र जिसीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लगी सडक खाना महोत्सव आयोजना गर्न लागेको बताए । सोही दिन सुजात खिर र दहीको कडीलाई रुपन्देहीको विशेष परिकारको रूपमा घोषणा गरिने उनले जनाए । अध्यक्ष जिसीले तीन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब रु पाँच करोडको आर्थिक कारोबार हुने र दुई लाख बढी दर्शकहरूले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको बताए । 

महोत्सव प्रचार–प्रसार समितिका संयोजक बाबुराम गौतमले बुटवल उप-महानगरपालिका–९ कालिका पथको तीनकुनेबाट शिवालय चोकसम्मको सडकमा सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारको स्वाद चाख्न पाइने जनाए । महोत्सवमा विभिन्न खानाका परिकारसहितका १०० स्टल रहने महासचिव माधवकुमार खनालले जानकारी दिए  । सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले रु ३० लाख बढी खर्च हुने अनुमान आयोजकले गरेका छन् । खाना महोत्सव क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, फ्री वाइफाई, प्राथमिक उपचार कक्षको समेत व्यवस्था मिलाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x